Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260807 [compare] => > [type] => NUMERIC ) ) )

स्व अध्ययन प्रतिवेदन(SELF STUDY REPORT) उपर सरोकारवालाहरुको राय दिने सम्बन्धी सूचना

02/07/2020

यस स्कूल अफ हेल्थ एण्ड एलाईड साईन्सेस, पोखरा विश्वविद्यालयले आफ्नो शैक्षिक गुणस्तर  वृद्धिका लागि निरन्तर प्रयास गरीरहेको
तथा विश्वविद्यालय  अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्राप्तिको लागि आवश्यक तयारी गरीरहेको व्यहोरा समेत  सम्बन्धित सबैलाई जानकारी गराउन  चाहन्छौं ।

विश्वविद्यालय अनुदान आयोगबाट प्रथम चरणको स्थलगत अध्ययन भ्रमण सम्पन्न भई अन्तिम चरणको मूल्यांकनको लागि तयारी अवस्थामा रहनको लागि सूचना प्राप्त भइसकेको हुंदा यस स्कूलको तर्फबाट सार्वजनिक गर्नुपर्ने विभिन्न विषयहरु स्कूलको रणनीतिक योजना, स्व अध्ययन प्रतिवेदन(SELF STUDY REPORT), Tracer Study , वार्षिक प्रतिवेदन लगायतका कागजातहरु वेभपेजमा राखिएको छ । इच्छुक तथा सरोकारवालाहरुले विशेष गरी स्व अध्ययन प्रतिवेदन(SELF STUDY REPORT) अध्ययन गरी आफ्नो पृष्ठपोषण (Feedback) तलको म्यासेज बक्समा लेखीदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

पुनश्च: यस स्कुललाई दिनुपर्ने पृष्ठपोषण (Feedback) भएमा यहाँ क्लिक गर्नुहोस्  र यस स्कुलको सम्बन्धमा विश्वविद्यालय अनुदान आयोग (UGC-QAAD) लाई दिनुपर्ने पृष्ठपोषण (Feedback) एवम सुझाब भएमा यहाँ क्लिक गर्नुहोस्। यस स्कुलसंग सम्बन्धित थप कागजातहरु  www.shas-dev.pu.edu.np/download बाट र थप जानकारी चाहिएमा स्कुलको प्रशासनसँग सम्पर्क गर्न अनुरोध गरिन्छ।

तपाईंहरुको सुझाव तथा टिप्पणी यस संस्थाको लागि मार्गदर्शक हुने व्यहोरा समेत सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।

प्रतिवेदन हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।

पृष्ठपोषण (Feedback) बुझाउने अन्तिम मिति २०७७/०४/१९ राती ११:५९ सम्म ।