Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260920 [compare] => > [type] => NUMERIC ) ) )

Interaction with PG Students कार्यक्रम सम्पन्न

11/06/2025

मितिः २०८२ साल जेष्ठ २७ गते यस स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजको आयोजनामा पोमेरिनियन विश्वविद्यालय, पोल्याण्डका रेक्टर Prof. Dr. Zbigniew Osadowski साथै Vice- Rector for Development and Cooperation का Assoc. Prof. Dr. Marek Lukasik  सँगको सहकार्यमा Interaction with PG Students कार्यक्रम, पोखरा विश्वविद्यालयको IAC हलमा सम्पन्न भएको छ ।

कार्यक्रममा स्कूल निर्देशक विमला भट्टज्यूले पोखरा विश्वविद्यालयमा पाल्नु भएका प्रोफेसरहरुलाई स्वागत गर्दै स्कूलका शैक्षिक कार्यक्रमहरुको बारेमा बताउदै यस्ता कार्यक्रम शैक्षिक उन्नयन् तथा साँस्कृतिक विकासमा कोसेढुङ्गा हुने अपेक्षा गर्नु भएको थियो ।

कार्यक्रममा  पोमेरिनियन विश्वविद्यालयबाट आउनु भएका रेक्टर Prof. Dr. Zbigniew Osadowski ले  आफ्नो विश्वविद्यालयको छोटो परिचय र त्यस विश्वविद्यालयका कार्यक्रमहरको बारेमा संक्षिप्त वर्णन गर्नु भएको थियो भने सोहि विश्वविद्यालयका Vice- Rector for Development and Cooperation का  Assoc. Prof. Dr. Marek Lukasik ले पोल्याण्डको भौगोलिक अवश्था, आफ्नो देशमा भएको स्वास्थ्य शिक्षा सम्बन्धि श्रव्य दृश्य प्रदर्शन गर्नुका साथै पोखरा विश्वविद्यालय र पोमेरिनियन विश्वविद्यालय बिच सम्बन्ध विस्तारको सम्भावनाको बारेमा बोल्नु भएको थियो । शिक्षक तथा कर्मचारीको बाक्लो उपस्थिती रहेको कार्यक्रममा  सहभागि विद्यार्थीहरुले स्वास्थ्य शिक्षा सम्बन्धि विभिन्न जिज्ञासा राखेका थिए ।