Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260920 [compare] => > [type] => NUMERIC ) ) )

भुतपूर्व विद्यार्थी भेला सम्पन्न

06/05/2024

पोखरा विश्वविद्यालय ,स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेजको  भूतपूर्व विद्यार्थी भेला यहि मिति २०८१/०१/२२ गते पोखरामा सम्पन्न भएको  छ । पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज भूतपूर्व विद्यार्थी संघ (PUSHASAS)  तदर्थ समिति  को आयोजनामा आयोजित कार्यक्रमको सभापतित्व भूतपूर्व  विद्यार्थी संघ  तदर्थ समितिका अध्यक्ष डा.चन्दन श्रेष्ठले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिला ज्यूले विद्यार्थीको हक हितको लागि आफु जस्तोसुकै निर्णय लिन पनि तयार रहेको भन्दै सम्पूर्ण भूतपूर्व विद्यार्थीहरु जहाँ जस्तोसुकै अवस्थामा रहेको भए पनि उनिहरुको उज्वल भविष्यको कामना गर्नु भएको थियो । स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका निर्देशक विमला भट्ट ज्यूको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा निर्देशक भट्टले प्यारामेडिकल शिक्षाको महत्व, गुणस्तरीय शिक्षा प्रवर्दनमा स्कूलको प्रतिबद्धता र उर्तिण विद्यार्थीहरुको रोजगारी व्यवस्थापन  मा स्कूलले गरेका प्रयासहरुको बारेमा जानकारी दिनुका साथै  स्वास्थ्यकर्मीको बढ्दो बर्हिगमनले देशको समग्र स्वास्थ्य क्षेत्र प्रभावित हुन गई जनस्वास्थ्यमा गम्भिर असर पर्ने भन्दै चिन्ता प्रकट गर्नु भएको थियो । आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने अपेक्षा समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा भूतपूर्व विद्यार्थीको समग्र विषय वस्तुका बारेमा उप –प्राध्यापक अतिसम्मोदवर्धन कौण्डिन्न्यायनले प्रस्तुतीकरण दिदै पोखरा विश्वविद्यालयका विद्यार्थीहरु निजामति सेवा, विश्वविद्यालय सेवा, स्वास्थ्य सेवा, उद्यमशिलता प्रबर्दन, अन्तराष्ट्रिय संघ संस्था लगायत सर्वत्र फैलिएर समाज र स्वास्थ्य क्षेत्रको  विकासमा लाग्नु विश्वविद्यालयको लागि गौरवको विषय भन्दै यसले अन्तराष्ट्रिय मञ्चमा समेत विश्वविद्यालयको साख उच्चो पारेको बताउनु भयो ।  विधान मस्यौदा माथी छलफल गर्ने कार्यसूची रहेको उक्त कार्यक्रममा उपस्थित सहभागीहरुले आफ्नो आफ्नो धारणा राखी कार्यक्रमलाई अर्थपूर्ण बनाउनु भएको थियो भने छलफलमा उठेका  विषयलाई सूचीबद्ध गरी अन्तिम रुप दिन आगामी प्रथम वार्षिक साधारण सभामा पेश गरिने निर्णय गरियो । साथै संस्थाको दर्ता प्रक्रिया तथा  भावी कार्ययोजनाको बारेमा समेत उक्त कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा भूतपूर्व विद्यार्थीहरुको रुपमा गण्डकी प्रदेश तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, निभिक्स फार्मास्यूटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँ, गण्डकी विश्वविद्यालयका डा. सुशिल भण्डारी, पोखरा विश्वविद्यालयका डा.मन कुमारी गुरुङ्ग, डा. पार्वती थापा, मनिपाल शिक्षण अस्पतालका  मनोज सिग्देल लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन यसै स्कूलका उप –प्राध्यापक तथा भूतपूर्व  विद्यार्थी संघ तदर्थ समितिका सचिव विजय सुवेदीले गर्नु भएको थियो ।