Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260807 [compare] => > [type] => NUMERIC ) ) )
Accredited by University Grants Commission (UGC), Nepal, 2026

Accredited by University Grants Commission (UGC), Nepal, 2026

  • Date and Time

    Friday, April 17, 2026 at 2:00 pm to

  • Location

    kathmandu

Description

यस पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेसले विश्वविद्यालय अनुदान आयोग, नेपालद्वारा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (Quality Assurance and Accreditation, QAA) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोग, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन शाखा (Quality Assurance and Accreditation Division)  ले उच्च शैक्षिक संस्थाहरुको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी निर्दिष्ट गरेका मापदण्डहरुको अध्ययन एवं परिक्षण पश्चात् शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद  (Educational Quality Assurance and Accreditation commission) को सिफारिसमा आयोगको मितिः २०८२ चैत्र १२ गते बसेको बोर्ड बैठकबाट यस स्कूललाई  प्रत्यायनकृत गर्ने निर्णय गरेको थियो । साथै आयोगले मिति २०८३ वैशाख ४ गते प्रमाणपत्र वितरण समारोहको आयोजना गरी यस स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेस सहित त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हिमालयन कलेज अफ इञ्जिनियरिङ्गलाई विधिवत रुपमा भब्य औपचारिक समारोह बीच  प्रत्यायन Accreditation प्रमाणपत्र प्रदान गरेको थियो । उक्त समारोहमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देव राज अधिकारी, पोखरा विश्वविद्यालयका उपकूलपति प्रा.डा. बेदराज के.सी. विश्वविद्यालय अनुदान आयोगका सचिव प्रा.डा. ज्ञान बहादुर थापा, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा.खड्ग के.सी., पोखरा विश्वविद्यालयका रजिष्ट्रार सह–प्राध्यापक डा. अजय थापा, डीन प्रा.डा. विष्णुराज तिवारी सहित प्रत्यायनकृत कलेज/स्कूलका PRT’s संयोजक/सदस्यहरु को गरिमामय उपस्थिति रहेको थियो भने स्कूलको तर्फबाट स्कूल निर्देशक डा. तुल्सीराम भण्डारी, पूर्व निर्देशकहरु डा. डमरु प्रसाद पनेरु, श्री बिमला भट्ट लगायत स्कूलको IQAC, SAT संयोजक/सदस्यहरु,  कार्यक्रम/परीक्षा संयोजकहरु र कर्मचारीहरुको तर्फबाट प्रशासन प्रमुख तथा लेखा प्रमुखको उपस्थिति रहेको थियो ।